logo
२०८१ जेष्ठ ६ आईतवार



करेन्ट लागेर मजदुरको मृत्यु

प्रदेश |




सर्लाही समाचारदाता -
सर्लाही, साउन १२ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा नेपाल विद्युत् प्राधिकरणको निर्माणाधिन शव स्टेशनमा काम गर्ने एक मजदुरको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
खाल्डोमा जमेको पानी मोटर लगाएर बाहिर फाल्न खोज्दा करेन्ट प्रवाह भई सोही ठाउँका २४ वर्षीय मेघबहादुर बोम्जनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनुभयो ।
पूर्व–पश्चिम राजमार्गस्थित नवलपुर चोकबाट केही मिटर पश्चिम लखन्देही खोला नजिक शव स्टेशन निर्माणको काम भइरहेको छ । शव स्टेशन बन्ने जग्गाको चारैतिर पर्खाल बनाई काम भइरहेकाले वर्षाको पानी निकास हुन पाएको थिएन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?