logo
२०८१ जेष्ठ ६ आईतवार



कैलालीमा वन्यजन्तु अपराध न्यून हुँदै

प्रदेश |




लम्की समचारदाता
लम्की, साउन १२ गते । कैलालीमा वन र वन्यजन्तु अपराध शुन्यतामा झर्दै गरेको पाईएको छ । डिभिजन वन कार्यालय धनगढीले तयार पारेकोे वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी प्रतिवेदनमा उक्त तथ्याङ्क पाइएको छ ।

शनिवार धनगढीमा आयोजित महिला पत्रकारका लागि वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रण विषयक तालिममा उक्त तथ्याङ्क पाइएको हो ।
तालिममा डिभिजन वन अधिकृत रामचन्द्र कंडेलले जिल्लाको २०७१ देखि २०७५ सम्मको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७०÷०७१ मा वन तथा वन्यजन्तु अपराधमा ९६ जना पक्राउ ,४४ वटा मुद्दा दायर र ८६ वटा मुद्दा पैmसला गरिएको उल्लेखित । आर्थिक वर्ष ०७१÷०७२ मा मानिस पक्राउ संख्या बढेर एकसय ७१ पुगेको थियो भने मुद्दा दायर भएको संख्या ७५ र मुद्दा फैसला भएको संख्या ३८ रहेको छ ।

त्यसैगरी आर्थिक वर्ष ०७२÷०७३ मा बाघ, चित्तल, जरायो, रतुवा, वँडेल, खरायो, काठ चोरी निकासीको आरोपमा ८३ जना पक्राउ, आर्थिक वर्ष ०७३÷०७४ मा ३३ जना पक्राउ, आर्थिक वर्ष ०७४÷०७५मा १५ जना र आर्थिक वर्ष ०७५÷०७६मा अपराध शुन्यताको नजिक पुगेको देखिन्छ ।  गत आर्थिक वर्षमा विभिन्न आरोपमा छजना पक्राउ परेकोमा दुईजनालाई मुद्दा दायर गरिएको छ ।

त्यसैगरी, डिभिजन वन कार्यालयको पहलमा २०७१ मा दुईवटा, २०७२ मा चित्तल, रतुवा, निलगाई, बँदेल गरी ११ वटा, २०७३ सालमा २ वटा र २०७४ सालमा ३ वटा जनावरको उद्धार  गरिएको छ ।
वन अधिकृत कंडेलका अनुसार खुल्ला सीमा, मानव वन्यजन्तुको द्वन्द्व, जैविकमार्गको पुर्नस्थापना नहुनु, प्राकृतिक स्रोतमाथि स्थानीय जनताको निर्भरता, शहरीकरण, अतिक्रमण, अवैध चोरी निकासी, वन डढेलोका कारण कैलालीका वन र वन्यजन्तु अपराधको दृष्टिकोणले संवेदनशिल छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?