logo
२०८१ बैशाख २४ सोमवार



बस दुर्घटनामा १५ घाइते

प्रदेश |




 

बाजुरा, असार  १८ गते । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो । बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।(रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?