logo
२०८० चैत्र १६ शुक्रवार



भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान दुईको मृत्यु, एक घाइते

राष्ट्रिय |


भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान दुईको मृत्यु, एक घाइते


मनिता खिम्दुङ,
भोजपुर, असार २५ गते । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान ८ः३० बजे सदरमुकामको हटिया पाँच धारे होटलमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले गोरखापत्रलाई जानकारी दिनुभयो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले पहिला विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि जवाफी कारबाही गरेको बताउनुभयो ।

सो घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते हुनुभएको छ, उहाँको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?