logo
२०८१ बैशाख ८ शनिवार



दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

अन्तर्राष्ट्रिय |
समाज |
प्रदेश |
भिडियो |


दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध


जाजरकोट, असार १२ गते । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महीनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ ।

जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् ।

महको पकेट क्षेत्रमा प्रशोधन केन्द्र

जाजरकोट नलगाड नगरपालिकामा मह प्रशोधन केन्द्र स्थापना हुन लागेको छ । नलगाड नगरपालिका–२ छेप्कामा प्रदेश सरकारको रु २५ लाख लागतमा सातकोठे भवन निर्माणकार्य अन्तिम चरणमा पुगेसँगै मह प्रशोधनका लागि मेसिनसमेत जोड्ने योजना अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक पकेट कार्यक्रम’ अन्तर्गत रु ५० लाख बजेटअन्तर्गत २५ लाख बराबरको भवन तयार भएको छ भने रु २५ लाख बराबरको सामान खरीद प्रक्रिया अन्तिम चरणमा पुगेको ज्वाला साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र चदाराले जानकारी दिनुभयो । भवनको भित्री काम मात्र बाँकी रहेको छ ।

नलगाड १, २ र ४ को छेप्का, पाली, कल्प, चिउरीलगायतका क्षेत्रमा किसानले करीब रैथाने जातको माहुरीका १४ हजारभन्दा बढी घारबाट जैविक मह उत्पादन गर्दै आइरहेका छन् । उनीहरुले प्रतिधार्नी ९साढे दुई केजी० बराबर रु एक हजार ५०० मा बिक्री गर्ने र सहकारीले खरीद गरेर रु एक हजार ७५० मा बिक्री गर्ने गरेको अध्यक्ष चदाराको भनाइ छ ।
मह उत्पादनका लागि यो क्षेत्र अत्यन्तै सम्भावनायुक्त भएकाले प्रशोधन केन्द्र स्थापना गर्न लागिएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो ।

यहाँ उत्पादन गरिएको ५० क्विन्टल मह अझै बिक्री नभएर थन्किएको छ भने एक हजार ५०० केजी बिक्री भइसकेको छ । मह बजारीकरण हुन नसक्दा समस्या भएको स्थानीयवासी लालबहादुर खत्रीले बताउनुभयो । प्रशोधन केन्द्र स्थापनासँगै थप बजारीकरणका साथै देशका अन्य ठाउँमा लैजान सजिलो हुने व्यापारीले बताएका छन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?