logo
२०८१ बैशाख ८ शनिवार



तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

अन्तर्राष्ट्रिय |
समाज |


तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण


अफगानिस्तान, असार १२ गते । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् ।
उनले आजदेखि हत्या हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी कार्यालयमा पुगेर आफूसँग भएका हातहतियारहरु पनि बुझाएको जनाएका छन् ।

मलावी इस्लामुद्दिन नामका ती तालिबान उक्त संगठनका लागि लडाकू भर्ना गर्ने विभागका प्रमुख रहेका बताइएको छ । उनी अफगानिस्तान प्रहरीको खोजी सूचीमा रहेको पनि बताइएको छ ।
क्वारी बिलाल नामबाट पनि चिनिने उनले अफगानिस्तानको उत्तरी प्रान्त ताखरमा पुगेर त्यहाँ रहेको प्रहरी कार्यालयमा हात हतियार पनि बुझाएका उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले जानकारी दिएका हुन् ।

ती कमाण्डरले तखार प्रान्त र त्यसको छिमेकमा रहेको अर्काे कुन्दुज प्रान्तका पनि ठूलो संख्याका युवाहरुलाई तालिबान संगठनमा भर्ना गर्ने भूमिका खेलेका बताइएको छ ।
प्रवक्ता अब्दुल असिरले भने– अफगान सुरक्षाकर्मीको खोजीको सूचीमा रहेका सो संगठनका एक वरिष्ठ कमाण्डर मालावीले अबदेखि हत्या हिंसामा नलाग्ने भनी प्रहरीसमक्ष हतियार बुझाएका छन् ।
उनलाई अफगानिस्तानको उत्तरी क्षेत्रकै एक वरिष्ठ कमाण्डर मानिएको छ । तर उनको बारेमा कुनै विस्तृत विवरण भने दिइएको छैन ।

प्रवक्ता असिरले अरु पनि तालिबान कमाण्डरहरुले हतियार विसाउने बारेमा हामीले जानकारी पाएका छौँ र उनीहरुले पनि आत्मसमर्पण गर्दैछन् भनेका छन् ।
यस विषयमा अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । (रासस/सिन्ह्वा) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?