logo
२०८० चैत्र १६ शुक्रवार



बारुदी सुरुङ बिस्फोट, ७ बालबालिकाको मृत्यु

अन्तर्राष्ट्रिय |




दमास्कस,  असार २५ गते । सिरियाको पूर्वी  क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ ।

डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको जनाएको छ ।

इस्लामिक स्टेट समूह परास्त भएका सिरियाका धेरै भूभागमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र बम भेटिने गरेका छन् । यी बिस्फोटक पदार्थमा परेर सर्वसाधारणको नियमित झैं ज्यान गइरहेका खबर दिनहुँ आउने गरेको पनि टेलिभिजनले उल्लेख गरेको छ ।

गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अर्का एक बालक घाइते भएका थिए ।

गत मार्च ६ र फेब्रुअरी २४ मा पनि बारुदी सुरुङ बिस्फोटबाट ३३ जनाको ज्यान गएको थियो । राससरसिन्ह्वा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?