logo
२०८१ बैशाख ११ मंगलवार



सोचको पोस्टर सार्वजनिक

मनोरञ्जन |


सोचको पोस्टर सार्वजनिक


काठमाडौं जेठ २० गते । एक्सन लभस्टोरी फिल्म सोचको पोस्टर सार्वजनिक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको फिल्म भदौ २० गते प्रदर्शन हुदैछ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिव्युटर्सको व्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक तीन डिजाइनका पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा प्रज्वल,नीता, पुजनका साथमा विशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेका सोचमा एनवि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

फिल्मले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजनले बताउनुभयो । सोचलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?