logo
२०८१ बैशाख ७ शुक्रवार



महानायकले सुनेकोे कर्णाली र देखेको कर्णाली

मनोरञ्जन |


महानायकले सुनेकोे कर्णाली र देखेको कर्णाली


हुम्ला समाचारदाता

सिमकोट, जेठ १९ गते । काठमाडौंमा सुनेको हुम्ला र प्रत्यक्ष देखेको हुम्लामा ठुलै भिन्नता भएको नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले बताउनु भएको छ । हुम्लाका रमणीय प्राकृतिक दृश्यहरुको हवाई अवलोकन पछि महानायक हमालले आफु निकै मोहित भएको र यसको प्रर्वद्धनका लागि पुर्वाधारको विकास गर्नु आवश्यक रहेको उहाँले बताउनु भएको हो ।

हुम्लाको पर्यटन क्षेत्रको प्रर्वद्धन गर्ने उदेश्यले संचालन भएको “बाईजाउ हुम्ला” नामक कार्यक्रममा सहभागिता जनाउन हुम्लामा आउनु भएका महानायक हमालले सधै भोक, रोग र अशिक्षाको कुरा सुनिएको भए पनि हुम्लाका बारेमा आफुले कल्पना गरेको भन्दा ठिक विपरीत पाएको बताउनुभयो । धेरै कुरा हुम्ला संग रहेछ खालि त्यसको विकास र प्रर्वद्धन गर्न सके हुम्लाको मात्र काँचुली नफेरिएर देशले नै फाईदा लिन सक्ने महानायक हमालले संचारकर्मीहरुसंग बताउनु भयो ।

हुम्लाको बारेमा काठमाडौंमा जुन रुपमा नकारात्मक टिका टिप्पणी हुुने गथ्र्यो , त्यो गलत रहेछ, उहाँले बताउनु भयो । पुर्वाधार विकासको कमीले हुम्ला पछि परेको बताउदै उहाँले रमणीय सुन्दर दृश्यको बयान गर्नै नसकिने बताउनुभयो । कार्यक्रममा भाग लिन महानायक हमाल नेपालगंजबाट हेलिकोप्टरमा सिमकोट आई पुग्नु भएको हो । उहाँलाई हुम्लाबासीले सिमकोट विमानस्थलमा भव्य स्वागत गर्नु भएकोे थियो । तीन दिनसम्म संचालन हुने कार्यक्रममा उहाँले आफ्नो कला प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । उहाँसंगै देउडा गायक नन्दकृष्ण जोशी पनि आउनु भएको छ । यस अघि जिल्लामा गायक हेमन्त शाही, चन्द्र शर्मा, देउडा गायक पाण्डव विष्ट, सुरेश शाही, कमला धामी, दोहोरी गायिका सर्मिला श्रेष्ठ, नृत्यागाना करिष्मा ढकाल, सन्ध्या सानु, सुमी घर्तिमगर, अक्कल सिंह, अकिल शाही पनि जिल्लामा आउनु भएकोे हो । साथमा स्थानीय कलाकारहरुको पनि सहभागिता रहने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?