logo
२०८१ जेष्ठ ५ शनिवार



युवापुस्ता लोकगीतप्रति आकर्षित

कुनै बेला लोकगीत भनेर नाक खुम्च्याउने युवापुस्ता अहिले श्रोता बनेका छन्

मनोरञ्जन |


युवापुस्ता लोकगीतप्रति आकर्षित


युवापुस्ता लोकगीतप्रति आकर्षित

यलु जोशी

काठमाडौंँ, जेठ २४ गते । कुनै बेला लोकगीत भनेर नाक खुम्च्याउने युवापुस्ता अहिले श्रोता बनेका छन् । उनीहरु लोकगीतमा नाच्न, गाउन र रमाउन थालेका छन् । 
प्रविधिको विकाससँगै लोक साङ्गीतिक क्षेत्र धरासायी बन्दै गए पनि अहिले प्रविधिको सहजताका कारण लोकगीत युवादेखि बालबालिकाको मुखमा झुन्डिन थालेको छ । 
लोक गायिका दुर्गा गुरुङ भन्नुहुन्छ, ‘अहिले युट्युबको जमाना आइसकेको छ । सर्जकले आफ्ना गीतहरू युट्युबबाट सार्वजनिक गर्ने क्रम तीव्र हुँदै गइरहेको छ । अहिले कुन गीत कति चर्चामा छ भन्ने मूल्याङ्कन युट्युबको ट्रेन्डिङलाई आधार मानिन्छ ।’  

युट्युबको ट्रेन्डिङमा नेपाली लोक तथा दोहोरी गीतले आफ्नो पकड जमाएको जानकारी दिदै उहाँले युट्युबबाटै उनीहरूले राम्रो आम्दानी गर्दै आएका बताउनुभयो । 
‘गलबन्दी’ बोलको लोकदोहरीले भिडियो युट्युबमा राखिएको दश दिनमा ७१ लाख बढी भ्युज आइसकेको छ । प्रकाश सपुत र शान्तिश्री परियारको उक्त गीत निरन्तर ट्रेन्डिङको पहिलो नम्बरमा रहेको छ । अहिले सार्वजनिक यातायातदेखि टिकटक भिडियोमा गलबन्दी बोलको गीत बजिरहेको हुन्छ । गायक प्रकाश सपुत भन्नुहुन्छ, ‘लोकदोहोरी युवापुस्ताको मन मनमा रहन थालेको छ ।’ 
आफ्नो गीत युट्युबको ट्रेन्डिङमा एक नम्वरमा परेको खुसी व्यक्त गर्दे थप्नुहुन्छ, ‘गीतमार्फत् वास्तविकतालाई प्रस्तुत गर्न खोजेको हो ।’ सङ्गीत र शब्दको मेलबाट गीत दर्शकले रुचाएको उहाँको अनुभव छ । 
उहाँहरुकै दुई महिनाअघि आएको ‘दोहोरी ब्याटल’ ले पनि युवापुस्ताको मुखमा झुन्डिएको थियो । सपुतले भन्नुहुन्छ, ‘यस गीतले ६८ लाख भन्दा बढी भ्युज बटुलिसकेको छ ।’ 
यस्तै ‘बोल माया’ पनि युट्युबमा ९० लाख बढी भ्युज पाइसकेको छ भने ११ हजार बढी कमेन्ट रहेको छ । प्रीति आलेसँगको युगल गायनमा देखिएका प्रकाश सपुतकै रचना तथा सङ्गीत रहेको यस गीतले पनि लामो समय एक नम्बरमा हुन सफल भएको थियो । 
सपुतले पहिले लोकगीतको बजार पनि थिएन । गायकहरूको पनि कुनै भ्यालु नै थिएन तर अहिले फरक छ हामी पनि गायक हौँ भन्ने महसुस भएको उहाँले बताउनुभयो । 
दर्शकले दिएको मायाको कारण विभिन्न जिल्लामा आमन्त्रण गर्न थालिएको उहाँले बताउनुभयो । कुलेन्द्र विश्वकर्मा र मेलिना राईको स्वरमा रहेको ‘मलाई देखेर..’ बोलको गीत पनि चर्चामा रहेको छ । म्युजिक नेपालको अफिसियल पेजबाट तीन महिनाअघि सार्वजनिक भएको उक्त गीतलाई लगभग ४५ लाख पटक हेरिएको छ । दुई हजार २१ प्रतिक्रिया आएका छन् । कलाकार मेलिना राई भन्नुहुन्छ, ’आफ्नो मिहिनेतलाई दर्शकले मन पराउँदा आफूमा झन् ऊर्जा आउँदो रहेछ ।’ अहिलेको प्रविधिको विकास र परिवर्तनलाई त्यस बेलासँग तुलना गर्न मिल्दैन । 
पहिले लोकगीतको बजार थिएन तर अहिले यसले बजार लिइसकेको छ ,हामी पनि गर्वका साथ लोक गायिका भन्ने पाउने अवस्था रहेको छ । गीतको लोकप्रियतासँगै माग पनि बढ्दै गएको उहाँको अनुभव छ । 
यस्तै लोक गायक पूर्ण परियारको बुट्टे चोली...बोलको गीतले युट्युब लगायतका सामाजिक सञ्जालहरुमा लोकप्रिय बनिरहेको छ ।
विगत एक दशकदेखि अस्ट्रेलिया बस्दै आउनुभएको परियारले नेपालमा त युवापुस्ताले लोकगीतलाई मनपराउन थालिसकेको बताउँदै भन्नुभयो, ‘यता अन्तर्राष्ट्रिय लोकगीतको धेरै माग छ ।’ 
“बल्ल प¥यो निरमाया माकुरी जालैमा’, ‘खैरेनीमा गेट’, ‘घुम्तीनिर भेट भयो’ लगायत गीतले सदाबाहर छ उहाँले जानकारी दिनुभयो 
पहिलेका नेपाली गीतमा छुट्टै खालका मिठास हुन्थे,” लोक, आधुनिक र भजनगायिका ज्ञानु राणा भन्नुहुन्छ, “अहिलेका नेपाली गीतले हाम्रो संस्कृति नै हराउँदै गएको आभास हुन्छ ।” 
युवापुस्ताले मनपराएको छ यसमा कुनै दुईमत छैन तर नयाँ गीत कुनै यथार्थमा भन्दा पनि काल्पनिकतामा रच्ने गरेको उहाँको अनुभव छ । 
गीतको रचनाका लागि समाजसँग भिज्नु आवश्यक रहेको गायिका राणा बताउनुहुन्छ । पहिले गीतको बजार सानो थियो, तर अहिले यो एउटा यो ठूलो उद्योगको रूपमा स्थापना भइसकेपछि प्रतिस्पर्धाका नाममा विकृति पनि भित्रिएको उहाँको अनुभव छ ।
कुनै गीतका शब्द राम्रा भए पनि छायाङ्कनमा पहिरनको छनोट राम्रो पाइँदैन । ‘तरकारी काउली बसी बसी खाउली’– कृष्ण समीप सुवेदीको यो गीतमा केही मौलिकता पाइए पनि पहिरनको छनोट भने सुहाउँदो छैन गायिका राणाको प्रतिक्रिया छ । 
नेपाली सङ्गीतमा नयाँपन ल्याउँदै राष्ट्रियता बचाउने गीतमा नयाँपुस्ताको ध्यान बढी जानुपर्ने उहाँको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?